कांग्रेस नेता टेकबहादुर गुरुङको पहलमा र्स्याक्यू खोलामा बेलीब्रिज निर्माण
चामे । नेपाली कांग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङको विशेष पहलमा मनाङको चामे गाउँपालिका–१ तिमाङको र्स्याक्यू खोलामा बेलीब्रिज निर्माणको काम सम्पन्न भएको छ ।
प्रतिनिधिसभाका सांसद समेत रहेका नेता गुरुङको पहलमा भौतिक तथा पूर्वधार मन्त्रालयले बेलिब्रिज उपलब्ध गराइदिएको हो । नेता गुरुङले भने, ‘र्स्याक्यू खोलामा बेलीब्रिज निर्माण भएको छ । बेलिब्रिज निर्माण सम्पन्न भएपछि आवतजावतमा सहजता भएको छ । नेपाल सरकार, भौतिक तथा पूर्वधार मन्त्रालयका साथै सरोकारवाला निकायले गरेको सहयोगप्रति मनाङका जनता आभारी छौं ।’
बेलिब्रिज निमार्णको जिम्मा मनाङको मर्स्याङदी हाइड्रो पावर कम्पनीले पाएको थियो । बेलिब्रिज निर्माण सम्पन्न भएपछि स्थानीय जनता र सवारी आवागमनका साथै आवतजावतमा सहजता भएको छ ।
३० मिटर ४५ सेन्टि मिटर लम्बई र ४ मिटर २० सेन्टिमिटर चौडाइँको बेलिब्रिज निमार्ण कार्य सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मातृका आचार्यले बताएका छन् । बेलिब्रिज केहीदिनभित्र सञ्चालनमा आउनेछ ।
यसअधि, पटक पटक खेलाले पुलहरू बगाएर दुःख दिएको थियो । खोलाले पुल भत्काउँदा बेसीहरदेखि–मनाङसम्मको यात्रामा समस्या आउने गरेको थियो ।
बेलिब्रिज सञ्चालनमा आएपछि बेसीशहरदेखि मनाङसम्मको यात्रा थप सहज हुने सडक डिभिजन कार्यालय, लमजुङले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया