दाङमा राँगा र भैंसीमा पनि ठगी गर्ने मुसलमान पक्राउ
मसुरिया । जिल्ला प्रहरी कार्यालय, दाङले ४४ वर्षीय मोहम्मद जमिल मुसलमानलाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले गढवा गाउँपालिका वडा नं. ४ पर्सा घर भएका मुसलमानलाई असार ३२ गते देउखुरीको गढवाबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । दङ्गीशरण गाउँपालिका वडा नं. ४ सुकदेवाका तेजमान चौधरीसहित अन्य ३ जना पनि पक्राउ परेका छन् । उनीहरूले प्रलोभनमा पारेर राँगा, भैँसी उद्यारोमा लिएर रकम नदिएको उजुरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उजुरी परेपछि प्रहरीले मुसलमानलाई पटक पटक फोन गरेर बोलाउँदा नआएपछि पक्राउ गर्नुपरेको थियो ।
‘मोहम्मदजमिल मुसलमानलाई पीडित व्यक्तिहरूमध्येका तेजमान चौधरीले मुसलमानलाई वैशाख २२ गते लमहीको रातोडाँडास्थित बाटोमा फेला पारी उद्यामा लिएको राँगाको पैसा दिनुहोस् भनि माग्दा पैसा नदिइ तैंले जे गर्न सक्छस् गर, म तँलाई पैसा दिँदैन भनि धकलपकल गरि धाक धम्की देखाइ अभद्र व्यवहार गरेको भनि तेजमान चौधरी वैशाख १५ गते गढवा एरियाबाट पक्राउ गरि हाल हिरासतमा राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया