पर्यटन व्यवसायी एवम् बोर्डका पूर्व सीईओ डा.रेग्मी रास्वपामा प्रवेश

काठमाडौं । पर्यटन व्यवसायी समेत रहेका नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

बिहीबार रास्वपाको केन्द्रीय कार्यालय, बनस्थलीमा आयोजित विशेष कार्यक्रममा डा.रेग्मी पार्टी प्रवेश गरेको प्रवक्ता मनीष झाले बताए ।

स्याङ्जाका स्थायी बासिन्दा डा.रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरूको जानकार हुन् । डा.रेग्मी पर्यटन क्षेत्रका पनि विज्ञ मानिन्छन् ।

डा.रेग्मीले अर्थ साइन्समा जापानबाट विद्यावारिधि गरेका छन् । उनले अमेरिकी विश्वविद्यालयमा पनि अध्ययन गरेका छन् ।

डा.रेग्मीले भूगोल विषयको शिक्षकका रुपमा बुढानिलकण्ठ स्कूलमा अध्यापन गराएका थिए । डा.रेग्मीले हिमालयन क्लाइमेट सेन्टरमा समेत काम गरेका छन् ।

पछिल्लो समय वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका डा.रेग्मी आफ्नै व्यापार व्यवसायमा संलग्न छन् ।

जियोग्राफी (भूगोल)का विज्ञ डा.रेग्मीले त्रिभुवन विश्वविद्यालयमा पनि प्राध्यापन गरेका छन् । डा.रेग्मी अटोमोबाइल, पर्यटन तथा होटल क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् ।

डा.रेग्मीले काठमाडौंमा होटल व्यवसायीका साथै जलविद्युत् आयोजनाहरूमा लगानी गरेका छन् । उनी हिमालय नर्थ फेस लुम्काका अध्यक्ष समेत हुन् ।

Published : Friday, 2025 July 18, 9:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया