चिनियाँ नागरिक दुई करोडभन्दा धेरै रकमका सामग्रीसहित पक्राउ
काठमाडौं । राजश्व छली गरिएका विद्युतीय उपकरण सहित चिनियाँ नागरिक यु वाङलाई प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ पुरानो सिनामंगल बस्ने चिनियाँ नागरिक वर्ष ३८ का यु वाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौं पुरानो सिनामंगल एरियामा चिनियाँ नागरिक समेतका व्यक्तिहरूले अवैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा लगायत बिल बिजक नभएका राजस्व छली गरिएका सामान तथा पाटपूर्जा ल्याई भण्डारण तथा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले छापामारेको थियो ।
चिनियाँ नागरिक वाङलाई काठमाडौंको सिनामंगल पञ्चमुखी चोकबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट बिना बिल बिजक राजस्व छली गरिएका २ करोड १९ लाख ७६ हजार ७ सय रूपियाँ बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा, एचडी क्यामेरा लगायतका सामन समेत बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, हरिहरभवन, ललितपुर पठाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया