यमनसँग भारतको सफल कुटनीतिले निमिषाको फाँसीको सजाय स्थगित

नयाँ दिल्ली । भारतको सफल कुटनीतिले गर्दा यमनमा मृत्युदण्डको सजाय पाउँदै गरेकी भारतीय नागरिक निमिषा प्रियालाई अन्तिम समयमा फाँसीको सजाय स्थगित भएको छ ।

पेसाले निमिषा नर्स हुन् । उनीमाथि आफ्नो व्यापार साझेदार तलाल अब्दो महदीको हत्या गरेको आरोप थियो । जस अन्तर्गत निमिषालाई जुलाई १६, २०२५ मा फाँसी दिइने तय गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रिय पहल र परराष्ट्रमन्त्री डा.एस.जयशंकरको कुटनैतिक प्रयासमा निमिषाले फाँसीको सजायबाट मुक्ति पाएकी हुन् ।

भारत सरकारका अधिकारीहरू लगातार यमन सरकार, जेल प्रशासन र अभियोजकसँग सम्वादमा थिए । केरलाका धार्मिक नेता ए.पी. अबुबकर मुसलियार र मानवअधिकार समूहहरूको पहल पनि सहयोगी बनेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

मोदी सरकारको ‘एक भारतीय, एक जिम्मेवारी’ नीतिले फेरि एकपटक सफलता देखाएको समाचारमा उल्लेख छ ।

भारतले संसारभरि आफ्ना नागरिकको सुरक्षाका लागि पर्खा झैँ उभिएर जीवन रक्षा गर्न सक्छ भन्ने सन्देश दिएको छ ।

Published : Tuesday, 2025 July 15, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया