भारतीय राजदूतावासद्वारा इला शर्माप्रति शोकसभा र श्रद्धाञ्जलि प्रकट
काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले निर्वाचन आयोगकी पूर्वआयुक्त तथा भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जालकी संस्थापक संयोजक इला शर्माको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावास स्व.शर्माप्रति श्रद्धाञ्जलि प्रदान गरेको हो । स्व.शर्माको शोकसभामा राजदूतावासका कर्मचारीहरूले मौनधारण गर्नुका साथै तस्बिरमा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
‘यस दुःखद घडीमा दूतावास शोकसन्तप्त परिवारजन एवम् साथीभाइमा हार्दिक समवेदना प्रकट गर्दछ,’ शोकसभामा भनिएको छ, ‘हामी भारत र नेपालबीचको सम्बन्धलाई सुदृढ पार्न इला शर्माको दृढ प्रयासलाई सदैव सम्झिरहनेछौं ।’
पूर्वआयुक्त शर्माको शनिबार राति काठमाडौंको थापाथलीमा निधन भएको थियो । शर्मालाई आइतबार दाहासंस्कार गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया