पीस एम्बेसीमा भानु जयन्तीका अवसर स्रष्टाहरूद्वारा रचना वाचन
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा काठमाडौंको पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् ।
विश्व शान्ति तथा एकीकृत परिवार संघ तथा सिद्धान्त अनुसन्धान महाबिधालय संघको संयुक्त आयोजनामा शान्ति साहित्यक सभा तथा एक लाख एक रुपियाँ राशीको शान्ति साहित्यक पुरस्कार धोषणा गरिएको छ । साहित्यक सभामा आयोजक विश्व शान्ति तथा एकीकृत परिवार ससंघका दक्षिण एसियाका निर्देशक कृष्णबहादुर अधिकारी सेवकले घोषणा उक्त पुरस्कारको घोषणा गरेको हुन् ।
गीतकार समेत रहेका अधिकारीले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताएका छन् । अधिकारीले नेपाल मात्र नभइ दार्जलिङका पहाडसम्म दौरा, सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताए ।
संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण भएको अधिकारीको भनाइ छ । ‘भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो,’ उनले भने, ‘नेपाल मात्र होइन, दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण हो ।
अधिकारीले नेपाली भाषालाई अझ प्रगतिशील र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताए । गीतकार अधिकारीले विश्व शान्तिका अभियान्ता डा.सन म्याङ्ग मुन र डा.हाक जा हान मुनको प्रेरणााबाटै आफूले साहित्य मार्फत शान्ति स्थापना गर्न सकियो भनेर शान्ति साहित्यक सभाको घोष्णा गरेको जानकारी दिए ।
प्रमुख अतिथ्यता भीम उप्रेतीले गरेका थिए । कविता बाचन कार्यक्रममा सन्तोषकुमार पोखरेल, स्नेह सायमी र रन्जना निरौला, कृष्ण बाउँसे, भोजकुमार धमला, गंगा खतिवडा, दीप डाँगी, रीता खतिवडा, सुभाष सिंह पराजुली लगायतका १८ जना चर्चित अतिथि कविहरूले कविता वाचन गरेका थिए ।
कविता बाचन कार्यक्रममा अधिकांशले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसङ्गतीविरुद्ध सिर्जनामार्फत् भावना पस्किए । कवि रुपसिंह भण्डारीले सञ्चालन गरेको कार्यक्रमका स्वागत मन्तव्य एच.बी. खत्रीले दिएका थिए । समाजसेवी विनोद डाँगीले धन्यवाद दिएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया