लमजुङ र दाङ तरुण दलको अधिवेशन गर्ने विषयमा सहमति, निर्देशन समितिद्वारा छलफल
काठमाडौं । नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिले तरुण दल लमजुङ र दाङको जिल्ला अधिवेशनका विषयमा छलफल गरेको छ ।
आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा निर्देशन समितिकी संयोजक महालक्ष्मी उपाध्यायसहितका सदस्य र तरुण दलका अध्यक्ष विद्वान गुरुङले दाङ र लमजुङका कांग्रेसका नेता तथा तरुण नेतृत्वसँग छलफल गरेका हुन् ।
नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनबारे छलफल भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन् ।
नेपाली कांग्रेस, लमजुङका पार्टी सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री टेकराज गुरुङ, पूर्व जिल्ला सभापति एवं वनमन्त्री भेषकुमार पौडेलले आपसी सहमतिमा जिल्लाको अधिवेशनको बाँकी कार्य टुङ्गयाउने निर्णय भएको अध्यक्ष गुरुङले बताएका छन् ।
बैठकमा महाधिवेशन निर्देशन समिति सदस्यद्वय सरिता प्रसाईं र जीतजंग बस्नेतको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी निर्देशन समितिले तरुण दलको अधिवेशनका विषयमा दाङ कांग्रेसका नेता र तरुणहरूसँग पनि छलफल गरेको छ ।
छलफलमा दाङ कांग्रेसका नेताहरू दीपक गिरी, कृष्णकिशोर घिमिरे, दाङ कांग्रेसका सभापति शंकर डाँगी, तुलसीपुर उपमहानगरपालिका नेपाली कांग्रेसका सभापति सुरेश हमाल लगायतको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया