इला शर्माको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगकी पूर्व आयुक्त इला शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालयबाट जारी भएको शोक वक्तव्यमा सभापति देउवाले शर्माको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘इला शर्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ सभापति देउवाले भनेका छन् ।

शर्माको असार २८ गते उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित अस्पतालमा निधन भएको निधन थियो ।

‘स्व. इला शर्माले नेपालको विभिन्न समयमा सम्पन्न भएका निर्वाचनहरूमा सक्रिय योगदान पुर्‍याउनु भएको थियो,’ कांग्रेसे भनेको छ ।

‘लामो समयसम्म पत्रकारिता समेत गर्नु भएकी शर्माको निधनबाट मुलुकले एक अनुभवी व्यक्तित्वलाई गुमाएको छ,’ कांग्रेसले भनेको छ ।

Published : Sunday, 2025 July 13, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया