डा.राणाले दिइन् शर्मालाई श्रद्धाञ्जलि, स्थानीय तहमा महिलाहरूले पाएका थिए उम्मेदवार बन्न
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् ।
आइतबार ललितपुरस्थित निवासमा शर्माको पार्थिव शरीरमा पुष्प अर्पण गरेर श्रद्धाञ्जलि व्यक्त गरेकी हुन् । डा.राणाले निर्वाचन आयोगमा आयुक्त पदमा रहेका बेला शर्माले महिलाहरूको पक्षमा उठाएको कदमको स्मरण गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणा र पूर्वआयुक्त शर्माबीच निकै राम्रो सम्बन्ध थियो । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी डा.राणाको आग्रह र पहलमा स्थानीय तहको निर्वाचनमा मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्ष पदमध्ये एक पदमा अनिवार्य रुपमा महिलालाई उम्मेदवार बनाउनुपर्ने निर्णय भएको थियो । डा.राणाको पहल र शर्माको प्रयासबाट स्थानीय तहमा महिलाहरूले उम्मेदवारी दिन पाएका थिए ।
डा.राणाले स्थानीय तहको निर्वाचनमा मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्ष पदमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने लबिङ गरेकी थिइन् । डा.राणाको यो लबिङलाई निर्वाचन आयोगकी तत्कालीन आयुक्त शर्माले कार्यान्वयन गर्नका लागि निर्णय गराउन ठूलो भूमिका खेलेकी थिइन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया