काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ यात्रु घाइते
चन्द्रौटा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका–९ मा बस दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन् ।
आइतबार बिहान काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले जानकारी दिएका छन् ।
बसमा ३० जना यात्रु सवार थिए । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइते सबैको पहिचान भइसकेको छ । घाइतेहरूलाई उद्धार गरी संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटा पठाइएको छ । केही घाइतेलाई बुटवल पठाइएको छ ।
घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको डीएसपी अधिकारीले जानकारी दिए ।
घाइते हुनेमा सल्यानको बागचौर नगरपालिका वडा नं. १० बस्ने वर्ष ७७ की देवी बुढाथोकी, सल्यानको शारदा नगरपालिका वडा नं. १२ बस्ने वर्ष ५६ का मोहनलाल बुढाथोकी, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३५ का श्रीधर अधिकारी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. ८ ज्यामिरे बस्ने वर्ष २८ का मोतीलाल एरी, सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २१ को कोशिस गौतम, सल्यानको चिद्द कुमाउ गाउँपालिका वडा नं. २ बस्ने वर्ष १९ को अनिता चलाउने, दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ बस्ने वर्ष ५२ की सचिला नेपाली, अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नं. ८ बस्ने वर्ष ६० की टुककुमारी श्रेष्ठ, सल्यानको बागचोर नगरपालिका वडा नं. १० बस्ने वर्ष २५ का चित्रप्रसाद धिताल, रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ३ का वर्ष ३१ का ओमप्रकाश खड्का रहेका छन् ।
दाङको राप्ती गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २८ की रुपा चौधरी, रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३९ का हेमराज वली, पर्वतको मादी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३९ का खड्कबहादुर पुन, सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. १ बस्ने वर्ष ४३ का भीमबहादुर बि.क., सल्यानको बागचौर नगरपालिका वडा नं. ४ बस्ने वर्ष ४० का ईन्द्रबहादुर बि.क., दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बस्ने वर्ष २१ का ललित शर्मा, रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३१ सन्दीप वली, डढेल्धुराको आलीताल गाउँपालिका वडा नं. ४ बव बस्ने वर्ष २२ का विशाल बोहोरा, दाङको दंगिशरण गाउँपालिका वडा नं. २ बस्ने वर्ष २४ की शर्मिला नेपाली, सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ४२ की रस्मी बोहोरा घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।
घाइते हुनेहरूमा दाङको घोराही उपमहानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३९ का बेदबहादुर वली, घोराही उपमहानगरपालिका वडा नं. १ बस्ने वर्ष ३० का महेन्द्र दराई, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ बस्ने वर्ष ४० का धनराज गौतम, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ बस्ने वर्ष १५ का आधार गौतम, दाङको घोराही उपमहानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३५ की सीता बस्नेत, सल्यानको बागचौर नगरपालिका वडा नं. १० बस्ने वर्ष ३७ की निशा के.सी., सोही ठाउँका वर्ष २२ का सन्तोष शर्मा, दाङको बबई गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ३३ का रमेश सुनार र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३७ का लेखराज पाण्डे रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया