पोखरा १५ अर्ब भ्रष्टाचार कारबाही सिफारिस प्रदीप र बाबुरामसँग मन्त्री निरिह, कर्मचारीहरू सुराकीसँग दिक्क
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त उपमहानिर्देशक बाबुराम पौडेलले दुई वटा आकर्षक र शक्तिशाली पदमा हालीमुहाली गरिरहँदा समेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले केही गर्न सकेका छैनन् ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नियम विपरित पौडेललाई कर्पोरेट महानिर्देशनालयको प्रमुख र सिभिल ईञ्जिनियरिङ विभागको प्रमुखको जिम्मेवारी दिएका छन् । प्राधिकरणको यी दुबै मालदार अड्डाका रुपमा परिचित छन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १५ अर्ब भ्रष्टाचार काण्डमा महानिर्देशक अधिकारी र पौडेल दुबै जना कारबाही सिफारिस भएका छन् । कारबाही हुनुपर्ने पौडेललाई अधिकारीले दुई वटा अकर्षक पदको जिम्मेवारी एकै पटक दिएर कानूनी शासनको धज्जी उडाएका छन् ।
पौडेललाई दुई शक्तिशाली पद दिएकोमा प्राधिकरणभित्रै पनि ठूलो विवाद र विरोध भइरहेको छ । प्राधिकरणमा सक्ष्म र योग्य कर्मचारीहरू थुप्रै छन् । तर, अधिकारीले पौडेललाई दुई वटा पद एकै पटक दिएर जग हँसाएका छन् । सबै कुरा थाहा पाएर पनि मन्त्री पाण्डे मुकदर्शक बनेर बसेका छन् ।
पौडेल महानिर्देशक अधिकारीका विश्वासपात्र मानिन्छन् । अधिकारीको सबै अबैधानिक कार्यहरूमा पौडेलले साथ दिँदै आएका छन् । सोही कारण विरोध हुँदाहुँदै नियम विपरित अधिकारीले पौडेललाई दुई आकर्षक पदको जिम्मेवारी दिएको आरोप छ ।
मन्त्री पाण्डे महानिर्देशक अधिकारीसँग निरिह भएको भन्दै कर्मचारीहरू निराश छन् । मन्त्री पाण्डेको निरिहता देखेर महानिर्देशक अधिकारीविरुद्ध गुनासो गर्न पनि जान कर्मचारीहरूले मन गर्दैनन् ।
महानिर्देशक अधिकारीविरुद्ध गुनासो लिएर जाँदा मन्त्री पाण्डको स्वकीय सचिव तालबहादुर रावतले सबै सूचनाहरू पैसा खाएर महानिर्देशक अधिकारीसँग बिक्री गर्ने गरेको प्राधिकरणका कर्मचारीहरूको भनाइ छ । रावतलाई महानिर्देशक अधिकारीको सुराकी भनेर प्राधिकरणभित्र भागाभाग हुने गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया