मकवानपुरमा ठूलो परिमाणको रकमसहित २२ जना जुवाडेहरू पक्राउ
हेटौँडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जुवातास खेलिरहेको अवस्थामा ठूलो परिमाणमा २२ जनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान १ बजे बकैया गाउँपालिका–५ राजदमार बस्ने ४६ वर्षीय मिलन थिङको घरमा जुवा खेलिरहेको अवस्थामा मिलन समेत २२ जनालाई पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय फापरवारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ३६ हजार ४० रूपियाँ र ३ सेट कौडा सहित पक्राउ गरेको एसपी खड्काले बताए ।
पक्राउ पर्नेहरूमा बकैया– ५ राजदमार बस्ने वर्ष ४६ का मिलन थिङ (घरधनी), हेटौँडा उपमहानगरपालिका– १८ बस्ने वर्ष ४५ का कमल थापा, सिन्धुलीको दुधौली नगरपालिका– २ बस्ने वर्ष ३७ का कैलाश धामी, हेटौँडा– ८ कमाने बस्ने वर्ष ५३ का फडिन्द्रप्रसाद घिमिरे, हेटौँडा– १६ हटिया बस्ने वर्ष ४६ का रमेश महत रहेका छन् ।
मकवानपुरको बागमती गाउँपालिका– ६ पाथीभारा बस्ने वर्ष ४५ का शेरबहादुर राना, सोही ठाउँ बस्ने वर्ष ३३ का दीपक दोङ, बागमती– ५ झुरझुरे बस्ने वर्ष ४६ का रवि चौधरी, रौतहटको गौर नगरपालिका– ९ बस्ने वर्ष ५५ ईश्वर चौधरी, बकैया– ७ बस्ने वर्ष ३८ का रोहन लुङबा, हेटौँडा– ४ हुप्रा बस्ने वर्ष ५२ का कृष्ण लामा, बागमती– ७ बस्ने वर्ष २२ का विजय तामाङ, रौतहटको बोधीमाई नगरपालिका– ८ बस्ने वर्ष ३५ का विजय साह कलवार, बकैया– ४ जुरेली बस्ने वर्ष ५५ का गेहेन्द्रबहादुर थिङ, बागमती– ७ बस्ने वर्ष ४० का राजकुमार फुयाल पक्राउ परेका छन् ।
बागमती– ५ बस्ने वर्ष ३० का अणराज राउत, सिन्धुलीको मरिन गाउँपालिका– ३ बस्ने वर्ष ४९ का बेनीबहादुर मुक्तान, मरिन– ६ बस्ने वर्ष ४३ का उमेश माझी, सिन्धुलीको कमलामाइ नगरपालिका– १० बस्ने वर्ष ५५ का शेरबहादुर थापा रहेका छन् ।
हेटौँडा– ९ लामसुरे बस्ने वर्ष ३७ का दिनेश लामा, हेटौँडा– ८ कमाने बस्ने वर्ष ३६ का चितबहादुर पाख्रिन, हेटौँडा– १८ ठूलो दमार बस्ने वर्ष ३५ का अशोक श्रेष्ठ रहेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया