युवकले ४० वर्षीया सौतेनी आमालाई भगाए

नयाँ दिल्ली । भारतको हरियाणास्थित नुह जिल्लामा एक युवकले आफ्नी ४० वर्षीया सौतेनी आमालाई लिएर भागेका छन् ।

छोराले सौतेनी आमालाई लिएर फरार भएपछि ती बुबाले प्रहरीमा उजुरी दिएका छन् । पहिलो श्रीमतीको मृत्यु भएपछि दोस्रो विवाह गरेको उनले बताएका छन् । उनी दोस्रो श्रीमतीसँग १५ वर्षदेखि बस्दै आएका थिए ।

केटाका बुबाले केही महिनाअघि आफ्नी पहिलो श्रीमतीबाटका छोरालाई घरमा ल्याएको बताए । ‘छोराले सौतेनी आमालाई आमा भनेर बोलाउँथ्यो र खुट्टा छोएर आशीर्वाद लिने गरेको थियो,’ उनले भने ।

दुई जनाबीच प्रेम सम्बन्ध रहेको कसैलाई पनि थाहा थिएन । केही दिनअघि अचानक दुवै जना भागेका हुन् ।

केटाका बुबाले प्रहरी कार्यालयमा सम्पर्क गर्दा दुवैले अदालतमा विवाह गरिसकेको थाहा भयो । उनले आफ्नो छोरा १७ वर्षको नाबालिग भएकाले विवाह अवैध भएको बताए ।

प्रहरीले केटाले अदालतमा आफू वयस्क भएको प्रमाण दिएको बताएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केटाका बुबाले आफ्नो श्रीमतीले ३० हजार रुपियाँ नगद, चाँदीको पाउल, सुनको झुम्का, हातको औंठी र चाँदीको ब्रेसलेट लगेके बताए । उनले घटनामा कडा कानूनी कारबाही गर्न प्रशासनसँग माग गरिरहेका छन् ।

Published : Saturday, 2025 July 12, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया