महिला फुटबलमा नेपालसँग भुटानको फराकिलो हार
काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा भुटानलाई फराकिलो गोल अन्तरले हराउँदै नेपालले विजयी सुरुआत गरेको छ ।
शुक्रबार बंगलादेशको ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिक गरिन् ।
डबल राउन्ड रोबिन लिग पद्धतिअनुसार हुने प्रतियोगितामा नेपालले जुलाई १३ र २१ मा बंगलादेशसँग, जुलाई १५ र १७ मा श्रीलंकासँग र जुलाई १९ मा पुनः भुटानसँग खेल्ने तालिका छ ।
नेपालले भुटानलाई पहिलो हाफमा ३ गोल प्रहार ग¥यो । दोस्रो हाफमा भुटानले १ गोल फर्काउँदा नेपालले ३ गोल ग¥यो । नेपालका लागि खेलको नवौं मिनेटमा सेनु परियारले गोल गरिन् । १५औं मिनेटमा सेनु परियारले पूर्णिमा राईलाई दिएको पासमा भएको गोल अफ साइड भयो ।
खेलको १८ औँ मिनेटमा वर्षा ओलीले दायाँ बाट गरेको क्रसमा पुर्णिमा राईले दोस्रो बारमा गोल गर्दै नेपाललाई २–०को अग्रता दिलाइन्। नेपालले पहिलो हाफमा तेस्रो गोल भने थप गरिएको समयमा गर्यो । नेपालका लागि सेनु परियारले बक्सभित्रबाट गोल गरिन् ।
खेलको ५४औँ मिनेटमा भुटानले गोल फर्कायो । भुटानका लागि केल्डेन वाङ्मोले नेपालबाट राम्ररी डिफेन्स नभएको बलमा बायाँ तर्फबाट गोल गरिन् । ६३औँ मिनेटमा नेपालका लागि पूर्णिमा राईले व्यक्तिगत दोस्रो र नेपालका लागि चौथो गोल गरिन् ।
नेपालको लागि शुक्रबारको खेलमा पहिलो रोजाइमा पर्दै अमीषा राईले पहिलो रोजाइमा पर्दै उमेर समूहमा डेब्यु गरिन् । मीना देउवाले खेलको ८२औँ मिनेटमा सेना परिवारलाई खेलको ८४औं मिनेटमा पूर्णिमा राईले ह्याट्रिक पूरा गरिन् ।
८८औँ मिनेटमा मिनेटमा व्यक्तिगत चौथो र नेपालका लागि छैटौं गोल गरिन् । नेपालले दोस्रो खेल १३ जुलाईमा घरेलु टिम बंगलादेशसँग खेल्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया