घोराहीमा पेस्तोलसहित अजय पक्राउ, अपराधबारे सुक्ष्म अनुसन्धान गर्दै प्रहरी

घोराही । जिल्ला प्रहरी कार्यालय, दाङले वर्ष १९ का अजय बि.क.लाई अवैध हतियार तथा गोली गठ्ठासहित पक्राउ गरेको छ ।

मंगलबार साँझ साढे ६ बजे बि.क.लाई पेस्तोल, गोली र म्यागेजिनसहित नियन्त्रणमा लिइएको प्रहरीद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बि.क.सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ फलाटे घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ वीपी चोक नजिक रहेको लोटस ट्रेनिङ सेन्टरमा ट्रेनिङ गरी (सोही ट्रेनिङ सेन्टरको होस्टेल)मा बस्दै आएका बि.क.लाई अवैध हतियार तथा गोली गठ्ठासहित पक्राउ गरिएको थियो ।

बि.क.ले गोप्य रुपमा लुकाई छिपाई राखेको भनी सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक सुरज सिंहको कमाण्डमा प्रहरी टोली खटिएर नियन्त्रणमा लिएको थियो ।

बि.क. सुत्ने खाटमुनि राखेको कालो रंगको जोर्डन लेखेको पछाडि भिर्ने ¥याग्जिनको झोलाभित्र राखेको पेस्तोल थान–१, गोली थान–४, ७ राउण्ड क्षमता भएको म्याग्जिन थान–१ बरामद भएको छ ।

बि.क.लाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ । बि.क.को आपराधिक गतिविधि र पृष्ठभूमिका विषयमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाएको छ ।

Published : Wednesday, 2025 July 9, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया