साइबर अपराध र हिंसाविरुद्ध भिड्दै आएकी गायिका एलिनाको गीत सार्वजनिक
काठमाडौं । साइबर अपराध र हिंसाविरुद्ध भिड्दै आएकी गायिका एलिना चौहानको स्वरमा ‘सबैको हाई हाई बन्न सकिँदैन…’ बोलको गीत सार्वजनिक भएको छ ।
रोमान्टिक शैलीमा तयार एलिनाकै जीवनसँग मेल खाने यो गीतमा शब्द, सङ्गीत कस्तुप पन्तको रहेको छ ।
रमेश सेन्चुरीको सङ्गीत संयोजन रहेको गीतको हरेक शब्द गायिका एलिनाले आफ्नै मनका भावना व्यक्त गरे झैँ लाग्छ ।
भिडियोमा स्मारिका ढकालको अभिनय छ । गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।
भिडियोमा महेश महराको छायाङ्कन र दीपक विष्टको सम्पादन छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै १ लाख ७४ बढिले हेरिसकेका छन् ।
Published : Friday, 2025 July 4, 12:29 pm
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया