धनकुटाका श्रेष्ठ काठमाडौंमा पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ६६ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई पक्राउ गरेको छ ।
अदालतबाट सजाय फैसला भएपछि फरार उनलाई पक्राउ गरिएको प्रहरीले विज्ञप्तिमा जनाएको छ ।
धनकुटाको धनकुटा नगरपालिका वडा नं. ६ घर भइ हाल काठमाडौंको थापाथली बस्दै आएका श्रेष्ठ बैंकिङ कसूरका फरार प्रतिवादी हुन् ।
ललितपुर जिल्ला अदालतबाट २०८१ असार ७ गते बिगो बापत २ वर्ष कैद सजाय फैसला भइ फरार रहेका श्रेष्ठलाई प्रहरीले असार १० गते कोटेश्वरबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
(महिलाको अनुरोध र सम्वेदनशीलताका कारण समाचारमा संशोधन गरिएको छ ।)
Published : Wednesday, 2025 June 25, 10:09 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया