घाटामा रहेको पवन होटल बिक्री, अमात्यद्वारा साढे १ अर्बमा खरिद
लुम्बिनी । लुम्बिनी–भैरहवाको बीचमा रहेको पाँचतारे होटल पवन प्यालेसलाई सुवास अमात्यले खरिद गरेका छन् ।
पवन ग्रुप अफ होटल्सको होटललाई अमात्यले करिब डेढ अर्ब रुपियाँमा खरिद गरेका हुन् । होटल पवनको कुमारी बैंकमा रहेको १ अर्ब ५० करोड रुपियाँको ऋण समेत सकारेका छन् ।
भैरहवामा पेडा बिक्री गरेर चर्चा कमाएका पवन मिष्ठान्न भण्डारका सञ्चालक पवन हलुवाइले सञ्चालनमा ल्याएको होटल एक वर्षदेखि बिक्रीमा थियो । पवन समूहले होटल सञ्चालन गर्न नसक्दा घाटामा थियो ।
१४७ वटा कोठाको पवन होटलमा पाँचतारेस्तरको सेवासुविधा छ । काठमाडौं बाहिर ८० कोठाभन्दा बढी क्षमतका होटल पाँचतारेमा वर्गीकरण हुन्छन् ।
पवन प्यालेस करीब तीन बिघा क्षेत्रफलमा फैलिएको छ । करिब २ अर्ब रुपियाँ लगानी भएको होटल २०७५ बाट सञ्चालनमा आएको थियो ।
राजीव बेरिवालसँगको सहकार्यमा हलुवाइले पवन प्यालेस सञ्चालमा ल्याएका थिए । पवनका व्यवसायिक साझोदार बोरिवाल भैरहवाका प्लाइउड र सीसा उद्योग सञ्चालन गरेर बसेका व्यवसायी हुन् ।
होटलको सम्पूर्ण स्वामित्व लिएका सुवास ऊर्जा, हेलिकप्टर तथा इन्स्योरेन्स व्यवसायी हुन् । अमात्य रिभरफल्स पावर लिमिटेडका अध्यक्ष हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया