रास्वपाले बनाएका नक्कली भिजिट भिषापीडितलाई ग्रिस लैजाने भन्दै ठग्ने गोरखाका बराम पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिषा प्रकरणमा पीडित भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुर्याएका गोरखाका तीन युवालाई ठगी गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखाको बारपाका सुलिकोट गाउँपालिका–४ का मनोज गुरुङ, श्रीमन गुरुङ र मनोज गुरुङलाई अल्बानिया हुँदै ग्रिस लैजाने भनि करिब २८ लाख ठगी गरी फरार रहेका गोरखा–४ बस्ने वर्ष ३८ को राजेश बरामलाई प्रहरीले काठमाडौंको सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यक अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आर्चायका अनुसार ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने राजेश बरामलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याइएको ५ ।
“अभियुक्त बरामले तिन युवासँगै अरु मानिसकहरूलाई पनि ठगी गरेको अनुसन्धानका देखिएको छ,” प्रहरी उपरीक्षक आर्चायले भने, “यो ठगीलाई भिजिट भिषासित जोड्नुपर्ने कुनै कारण र प्रमाण, तथ्य छैन ।”
प्रहरी नियन्त्रणमा पुगेका बरामले वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरूबाट रकम लिएको स्वीकार गरेको एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
“भिजिट भिषामा भन्दा पनि कामदार भिषामै बाहिर पठाउने खोजेको अभियुक्त बरामको प्रारम्भीक बयानमा खुलेको छ,” अनुसन्धान अधिकारीले भने, “भिजिट भिषासित सरोकार नै नभएको बताएका छन् ।”
वैदेशिक रोजगारीका नाउँमा ठगिएका तिनै युवालाई केही दिनअघि रास्वपा नेताहरूले पार्टी केन्द्रीय कार्यालय बोलाएर घटनालाई भिजिट भिषामा जोडेर परार्मश दिई अख्तियारमा उजुरी दिन लगाएका थिए ।
योजनावद्ध रुपले ती युवाहरूलाई प्रयोग गरी गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी दिन रास्वपाले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगसम्म दुई जना अपरिचत युवालाई खटाएको थियो । अख्तियारमा उजुरी दिन पुगेका तीनै जना युवाले वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएको गुनासो राखेपनि गृहमन्त्री लेखकबारे चलाखीपूर्ण तरिकाले उजुरीमा नाम राखिएको सार्वजनिक गरेका थिए ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जान खोज्नेहरूलाई विभिन्न मेनपावर, दलाल, एजेण्डहरूबाट ठगिने गरेको विषयलाई रास्वपाले भिजिट भिषा हुँदै मानव तस्करीसित जोडेर राजनैतिक स्वार्थ पूरा गर्न खोजिरहेको छ ।
श्रम विभागले वैदेशिक रोजगारीमा ठगिएको हजारौं उजुरीमाथि छानविन गरिरहको छ । सस्ताे लोकप्रियता र वर्तमान गृहमन्त्री लेखकमाथि आधारहीत आरोप लगाउँदै रास्वपा सांसदहरूले पार्टी कार्यालयमा पीडितहरू भन्दै तथ्याङ्क संकलन गरिरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया