वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार काठमाडौंबाट पक्राउ पर्नेहरूमा भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बस्ने इलामको सूर्योदय नगरपालिका–७ घर भएका ६५ वर्षीय टंकनाथ कटुवाल, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने तनहुँको भीमाद नगरपालिका–४ घर भएका २७ वर्षीय शेरबहादुर कुमाल र काठमाडौंको टोखा नगरपालिका–५ बस्ने मकवानपुरको थाहा नगरपालिका–३ घर भएका ३१ वर्षीय अशिम नगरकोटी रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये टंकनाथले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपियाँ, शेरबहादुरले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपियाँ र अशिमले डेनमार्क पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टंकनाथलाई भक्तपुर सूर्यविनायक नगरपालिका–३ बाट, शेरबहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बाट र अशिमलाई काठमाडौं टोखा नगरपालिका–५ बाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया