स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार

प्रकाश तिमल्सिना, पत्रकार
माओवादीले नेपाल सम्बतको अवसरमा सधैं चियापान कार्यक्रम गर्थ्यो, जो अहिले रोकिएको छ, कारण एकजना पूर्व माओवादी लडाकुले माओवादी अध्यक्ष प्रचण्डको गालामा झाप्पड हानेका थिए ।
त्यो दिन धेरैले यसलाई मेन न्यूज बनाए तर, मैले तत्कालीन राजधानी दैनिकमा एंकर समाचार लेखे, ‘प्रचण्डको काँधमा रूक्माङ्द कटवालले धाप मारे’ (शीर्षक बिर्सिए) जे होस्, एंकर न्यूज हो । म अलिकति साइकोलोजी पढेको मान्छे । धाप त्यसलाई मारिन्छ, जो उभन्दा कमजोर छ ।
यो भोलिपल्ट राजधानी दैनिकमा छापियो । त्यसपछि रिटार्यड जनरल कटुवालले राजधानीका साहु महेन्द्र शेरचनलाई फोन गरेछन् । र, भनेछन्, यो त्यही केटो होईन, जसले प्रधानसेनापतिको श्रीमतीको ईतिहाँसमा पहिलो पटक अन्तर्वार्ता छापेको थियो ?’
‘हो, उहीँ केटो हो,’ महेन्द्र सरले भनिदिनु भएछ । त्यसपछि फोन नम्बर मागेर मलाई फोन गर्नु भयो, ‘केटा तँ त पहिलादेखि नै हरामी होस्, मेरो घरमा आइज तँ ।’
मैले सोधे, ‘तपाईको घर कहाँ हो र ?’ जवाफ आयो, ‘सातदोबाटो चोक आइज, ह्वाईट हाउस कलेजबाट उत्तर लाग् ।’
(मलाई तँ भन्नुको कारण छ ऊहाँले, मेरो प्रोफेसन देखेर उहाँ छक्क पर्नु भएको थियो । अलिकति किशोर श्रेष्ठ दाजु (जनआस्था)लाई पनि थाहा छ र सुरेश यादव (गोरखापत्र) सरलाई पनि भन्नु भा छ, पछि यसमा लेखुला) ।
त्यसपछि म महेन्द्र सर (राजधानी दैनिक प्रमुख), राजन शर्मा (सम्पादक) र गणेश बस्नेत (समाचार प्रमुख)लाई जानकारी दिएर खुमलटार गएँ ।
कटुवाल निवासमा म पुग्दा केही पूजा भइरहेको थियो । जाने बितिक्कै उहाँले भन्नु भयो, ‘प्रकाश बाबू, आजकाल राजधानी दैनिकमा पो हो तपाईं ? मैले त तरूण साप्ताहिकमा नै हो कि भन्ठानेको, तपाईको समाचार त म हरेक दिन रेडियोमा सुन्ने र पत्रिका पढिरा हुन्छु नि, यो थाहा पाएर छक्क परे, ल पहिला प्रसाद खानुहोस् ।’ मैले प्रसाद ग्रहण गरे ।
पूजा सकियो र उहाँको घरभित्र आउने ईशारा गर्नु भयो । भन्नु भयो, ‘तपाईं मेरो कार्यकालमा भेटेको एक मात्र साहासी पत्रकार हो, जो चप्पल लगाएर शशि भवन छिर्नु भा’थ्यो, त्यसपछि महारानी (कटुवालकी श्रीमती)ले भनेपछि जंगी अड्डामा निम्तो गरेको थिएँ, याद छ नि ।’
मैले भने, ‘याद छ नि जर्साब र मेरो जीवन खतरामा रहेछ भनेर डाटामा देखाएपछि म झसंग पनि भएको हो नि । तर, तपाईको प्रस्ताव अस्वीकार पनि गरेको हुँ नि बिशुद्द पत्रकारिताका लागि ।’
उहाँले भन्नू भयो, ’हो, हो, त्यसैले त खोजी खोजी बोलाए ।’
मैले भने, ‘ल भन्नुहोस्, किन बोलाउनु भयो ?’ उहाँले बार रूममा लानु भयो र भन्नु भयो, ‘यहाँ तिमीले केही देख्यौं ?’
मैले भने, ‘अहँ देखे, यो त रक्सीका बोतलहरू हुन् ? तर, यी सबै रित्तिएका छन् ।’ उहाँले भन्नुभयो, ‘हो, न्युज यसैमा छ ।’
मैले भने, ‘खाली रक्सीका बोत्तल कसरी न्यूज हुन्छ ?’ उनले भने, ‘यी रक्सीका बोत्तल माओवादी अध्यक्ष प्रचण्डलगायतले यही रूममा बसेर खाएका हुन् ।’
‘यो त सम्भवै छैन्, उनीहरू त नागरिक सर्वोच्चताको आन्दोलन गरिरा’छन्, त्यो पनि तपाईलाई राष्ट्रपति रामवरण यादवले थमौती गरिदिएको भनेर, यो त हुनै सक्दैन्,’ मैले भने ।
उनले भने, ‘त्यही भएर त प्रकाश बाबू, यो समाचार हो, अरूलाई भन्यो भने समाचार लेख्दैनन, तिमी त लेख्छौं, म तिम्रो ज्यान जोगाउँदा पनि मेरो बारेमा उल्टै समाचार लेख्यौं, ‘जनआन्दोलनको भुत बोकेर प्रधान सेनापति चीन भ्रमणमा’ तिमी न्यूजमा कम्प्रोमाईज गर्दैन भनेर यसैबाट थाहा पाएको हुँ ।
‘म त जनआन्दोलनको घाइते हु, ४९ नम्बर कार्ड हो मेरो, जनआन्दोलनभरि मेरो पोष्टर लोकतान्त्रिक भित्तो (बागबजार)मा थियो, मैले पहिला नि भनेको थिएँ’ मैले नडराई पुनः भने ।
‘त्ययो त छापिएकै छ, मेरो बाईलाईनमा,’ मैले भने, ‘यो प्रचण्डले रक्सी खाएको कोड दिनुहुन्छ भने म समाचार लेख्छु ।’ उनी पनि ह्की मान्छे, ‘मेरो कोड गर, अर्को कुरा पनि भन्छु, मोहन बैद्य चाहिँ रसियन ह्विसकी बाहेक अरू खाँदा रहेनछन्, घरमा नभएपछि राति सेलबेज (जावालाखेल) खोलेर मगाएर खुवाएँ ।’
मैले भने ‘को–को आएका थिएँ ?’ उनले भने, ‘प्रचण्ड, बैद्य, बादल, सीपी, विप्लवहरू ।’
‘बाबुराम र नारायणकाजी ?,’ मैले सोधें । ‘उनीहरू गणतन्त्रवादी हुन्, त्यसैले नबोलाएको भनेर प्रचण्डले भन्नु भयो,’ कटुवालले भने ।
मैले भने, ‘खासमा उनीहरू किन आएका थिएँ ?’ कटुवालले भने, ‘तपाईसँग जे जे भयो, भयो, अब पहिला झै राजा र माओवादी मिल्यौं, पहिला नि हामी त्यही पक्षमा हौं, अहिले माधव नेपालले हामीसँग गद्दार गरे, तपाईले वातावरण मिलाई दिनुहोस् राजासँग, खास लडाईं हाम्रो राजासँग होइन, संसदवादीसँग हो ।’ पछि मैले थाहा पाएको थिएँ, ज्ञानेन्द्र शाहसँग विप्लवले भेटेका पनि थिए ।
धेरै कुरा भयो, मैले प्रचण्ड र बैद्यहरूले खाएको रित्तो रक्सीको बोतल हेरेर फर्के ।
कटुवाल निवासबाट जसै फर्के, यो समाचार लेखु कि नलेखु भन्ने दुबिधामा रहिँरहे । निकै महिना अलमलमा परे । किनभने, यो समाचार मैले खोजेको होइन, दिइएको थियो । त्यसैले मैले हत्तारिएर लेखिन् ।
केही समयपछि नागरिक दैनिकबाट जागिरको अफर आयो, त्यो पनि विनोदराज ज्ञवालीको ठाडो प्रस्तावमा । सम्पादक किशोर नेपाललाई पनि यो कुरा थाहा थिएन, मैले कन्फर्म गरेपछि मात्र किशोर दाईलाई विनोद सरले भन्नु भएको थियो, कि अब नागरिकमा प्रकाश आउँदैछ । केपी ढुङ्गनाले फोन गरेर नियुक्ति पत्र लिन बोलाए पछि मात्रै किशोर दाईसँग भेट भयो, त्यो बेला, दाईले भन्नु भयो, ‘तँ मेरो जीवनको हरामी पत्रकार होस्, पहिलो पटक सम्पादक नाघेर साहुको नियुक्ति खाइस् ।’
मैले नि चाकरी गरे, ‘तपाईं जति सिनियर पत्रकारको अण्डरमा काम गर्नु पाउनु मेरो लागि सौभाग्यको कुरा हो ।’
किशोर दाइ आफ्नै स्टाईलको मान्छे, भन्नु भयो, ‘तँ मभन्दा पछि जन्मिस्, तेरो के दोष, जो निरन्तर लेखिरहन्छ, त्यो सिनियर पत्रकार हो, खुरूखुरू राजधानी झै यहाँपनि माओवादीको ब्रेक गर, विनोदले कति भन्या छ तलब, दाइ यति, त्यति पाउँदैनस्, पोलिटिकल चिफ (मेरो हाकिम, ब्यूरो प्रमुख) भन्दा तेरो तलब २ हजार बढी हुन सक्दैन, २ हजार कम भयो, जा समाचार लेख ।’ यो कुरा किशोर दाइको ठीकै तर्क थियो ।
मैले सोँचे, कटुवालको यो समचार राजधानीमा लेख्नुभन्दा नागरिक दैनिकमा लेख्यो भने निकै चर्चा पाउँछ । त्यसपछि नागरिकमा जाने बितिक्कै तत्कालीन सम्पादक किशोर नेपाललाई यो गोप्य तर, ब्रेकिङ समाचार ईमेलमा पठाएँ । तर, उनले एकदिन पनि छापिदिएनन् ।
त्यसपछि गुणराज लुईंटेल दाइलाई सेयर गरिदिएँ, ‘राजधानीमा नछापी नागरिकमा छापुला भनेर ब्रेकिङ न्यूज दिएको थिएँ, किशोर दाजुले छापिदिनु भएन । अब के गरौं ?
मैले यो समाचार राजधानीमा लेख्नुभन्दा नागरिकमा लेख्छु भनेर रोकेर आएको थिएँ, कति महिनादेखि ।
गुणराज दाजुले भन्नु भयो, ‘उहाँले समाचार छाप्नु भएन भने उसो भए पर्सनल ब्लग बनाउ, त्यहीँ हाल, त्यसपछि मैले ब्लग बनाए, नाम राखे– प्रकाश उज्यालो, त्यो पनि चन्द्र काफ्लेको सहयोगमा । यो प्रकाश उज्यालो नाम मेरो बेष्ट फ्रेन्डले राखिदिएकी थिइ ।
पछि प्रतीक प्रधान दाइ सम्पादक भएर आउनु भयो अनि जिस्काउनु हुन्थ्यो, ‘तिम्रो ब्लग त हिट छ तर, प्रकाश उज्यालो नाम त उस्तै छ किन, म पनि के प्रतीक बिन्दु राखुँ ?’ रमाइलो भयो । हप्तामा एक पटक लेख्थे तर, एलेक्सामा १०० मुनिसम्म आयो । अनलाइन खबरदेखि धेरैले साभार गर्थे, त्यो बेला मेरो ब्लग ।
तर, पनि समाचार हाल्न पाइन, जुन समाचार ईमेलमा थियो, खै कसरी झुक्किएर डिलिट भएछ ।
यो तस्विर चाहीँ, ‘प्रकाशबाबु मैले संविधान निर्माण गर्न खेलेको भूमिकाका बारेमा धेरै लेखिदिनु भयो, आउनुहोस्, सँगै तस्विर खिचौैँ’ भनेपछि संविधानसभामा खिचेको हुँ ।
प्रकाश दाहालले पनि जहिल्यै भन्थे ‘मितज्यू, बुवासँग कुनै दिन फोटो खिच्नु पर्छ है, धेरै घमण्ड नगर्नुहोस्, नेता भनेको नेता हो है’ भन्ने कुरा सम्झेर खिचेँको हुँ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया