मकवानपुर प्रहरीद्वारा हतियार र लागुऔषधिसहित राजुलाई पक्राउ
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध तथा हातहतियार खरखजना सहित १ जनालाई पक्राउ गरेको छ ।
जेठ ३१ गते साँझ ७ बजेको मकवानपुरको राक्सिराङ गाउँपालिका वडा १ स्थित राजु स्याङतानको घरमा लागुऔषध र हातहतियार खरखजना लुकाई छिपाई राखेको अवस्थामा छापामारेर पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
विशेष सूचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गरेको थियो ।
राजु स्याङतानलाई आफ्नै घर अगाडि फेला पारेर शरीर तथा घर, गोठ समेतको खानतलासी गर्ने क्रममा सुत्ने कोठाभित्र सिरानीमुनी कपडामा बेरी राखेको अवस्थामा पेस्तोले बरामद भएको थियो ।
ईटालियन ०२५ लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र गोली १३ थान, गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरूभित्र कपडामा बेरी प्लाष्टिकको झोलाभित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र गोली (कार्तुस) १२ राउण्ड बरामद भएको एसपी विश्वराज खड्काले बताए ।

लागुऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र लागुऔषध गाँजा २२ किलो ८०० ग्राम पनि फेला परेको प्रहरीले जनाएको छ ।
लागुऔषध तथा हातहतियार बरामद गरी राजु स्याङ्तानलाई नियन्त्रणमा लिई लागूऔषध तथा हतहतियार खरखजना समेतको कसूर मुद्धामा कारबाही भइरहेको छ ।
राजुको बिगतको अपराधिक अभिलेख हेर्दा २०७६ साउन ४ गते लागुऔषध गाँजा तथा हातहतियार मुद्धामा पक्राउ परी पाँच वर्ष ६ महिना कैद सजाय भुक्तान गरी २०८१ सालको माघ महिनामा छुटेका थिए ।
राजले २०७१ सालमा लागुऔषध मुद्धामा पक्राउ परी २ वर्ष कैद सजाय भुक्तान गरेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया