अन्नपूर्ण दोश्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप तयारी पूरा
काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कुलको सहआयोजना रहेको २०औं अन्नपूर्ण दोश्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ ।
नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले प्रतियोगिता शुक्रबारदेखि सोमबारसम्म सञ्चालन हुने बताए । उनले विज्ञप्तिमार्फत चार समूहका ३६५ छात्र तथा १५१ छात्रा गरि जम्मा ५१६ जना विद्यार्थीको सहभागिता निश्चित भैसकेको बताएका छन् ।
ज्याठास्थित अन्नपूर्ण स्कुलमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत यु – ९, यु – ११, यु – १३ र यु – १३ माथिका छात्र तथा छात्रा विद्यार्थी समूहबीच प्रतिस्पर्धा हुनेछ ।
जसमा यु – ९ तर्फ छात्र ५२, छात्रा २४ जना विद्यार्थी र यु – ११ तर्फ छात्र २३, छात्रा ४० जना विद्यार्थीबीच २३ अनि २४ गते प्रतिस्पर्धा चल्नेछ ।
यसैगरी यु – १३ तर्फ छात्र ११६, छात्रा ४७ जना विद्यार्थी र यु – १३ माथिका छात्र १०६ , छात्रा ४० जना विद्यार्थीबीच २५ र २६ गते खेल सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रत्येक समूहका दश जना सहभागी विद्यार्थीले मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार समेत ब्यवस्था गरिएको छ ।
मेडलको आधारमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई च्याम्पियन शिल्ड प्रदान गरिनेछ ।
अन्नपूर्ण स्कुल खेल विभाग प्रमुख सुरेन्द्र महासेठका अनुसार विभिन्न ७५ विद्यालयका खेलाडीहरूले प्रतिस्पर्धा गरि उत्कृष्ट ठहरिएका विद्यालयलाई आगामी अगष्ट १५ देखि २५ तारिखसम्म मंगोलियामा आयोजना हुने १८औं एशियन स्कुल चेस च्याम्पियनसिप प्रतियोगितामा नेपालको तर्फबाट सहभागी गराइनेछ ।
प्रतियोगिता संयोजक एवं काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष केशव श्रेष्ठले शुक्रबारदेखि सञ्चालन हुने चेस टालेण्ट हण्ड बृहत् राष्ट्रिय खेलको सम्पूर्ण तयारी भएको जानकारी गराएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया