विभेद एक वर्ग या जातको मात्र समस्या हाेइन, राष्ट्रकै समस्या हो : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बुधबार अध्यक्ष गुरुङले शुभकामना सन्देश दिँदै भनेका छन्, ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को देश तथ विदेशमा रहनुहुने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

‘आजकै दिन २०६३ जेठ २१ गते जातीय छुवाछूत मुक्त राष्ट्रको नेपाल सरकारले ऐतिहासिक घोषणा गरि राष्ट्रिय दिवसको रुपमा मनाइदै आएको छ,’ उनले भने ।

‘समाजमा भैरहेका विभेदहरू कुनै एक वर्गको या जातको मात्र समस्याको रुपमा नभएर सिङ्गो राष्ट्रकै चुनौतिको रुपमा रहेको छ,’ अध्यक्ष गुरुङले भने ।

‘छुवाछुत, भेदभाव, अन्याय जस्ता कुराहरूलाई जरैदेखि उन्मूलन गर्न सबैले आ–आफ्नो पक्षबाट जिम्मेवारी बोध गरि अघि बढ्नुपर्छ,’ अध्यक्ष गुरुङले भने ।

उनले भने, ‘यो दिवसले हामी सबैलाई सामाजिक न्यायको पक्षमा अग्रसर रहन प्रेरणा देओस् ।’

Published : Wednesday, 2025 June 4, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया