रामपुरका मोस्ट वान्टेड टोले गुण्डा ‘आदेश’ पक्राउ
तानसेन । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले टोले गुण्डा आदेश रानालाई पक्राउ गरेको छ ।
बुधबार बिहान १ बजेर १० मिटनको समयमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीको कमाण्डमा खटिएको प्रहरी टोलीले २५ वर्षीय आदेश रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आदेश रानासँगै उनका साथी २५ वर्षीय धनबहादुर दर्लामी पनि पक्राउ परेका छन् ।
प्रहरी टोलीले आदेश राना र धनबहादुर दर्लामीलाई रामपुर नगरपालिका वडा नं. ४ अधेरीखोलास्थित कालीगण्डकी करिडोर सडकखण्डबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार राति लु ३ च ७२६१ नम्बरको पिकअप गाडीमा नवलपरासीको सुनवल नगरपालिका वडा नं. १२ भुमहीबाट घरमा पाल्नको लागि जर्सी गाई लोड गरी स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ५ साखर भन्ने स्थानमा जाने क्रममा टोले गुण्डा आदेश रानाले बाटो छेकेर गाडी र जर्सी गाईका धनीसँग पैसा माग गरेर धम्की दिनुका साथै गाली गलौज गरी हातपात समेत गरेको प्रहरी निरीक्षक बेल्बासेले बताएका छन् ।
टोले गुण्डा आदेश राना र उनका साथी धनबहादुर दर्लामीले अबैध रुपमा असुली धन्दाको कार्य गरेको तथा कुटपिट गरेको भन्ने सूचना पाउना साथ इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख (ईन्स्पेक्टर) नेपालीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेर ल्याएको थियो ।
आदेश राना र धनबादुर दर्लामीलाई पाल्पा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि म्याद थप भएको विज्ञप्तिमा उल्लेख छ ।
टोले गुण्डा आदेश रानाले पाल्पाको रामपुर क्षेत्रमा गुण्डागर्दी, झै–झगडा, लुटपाट, कुटपिट, धम्की, अबैध असुली लगायतका गैरकानूनी कार्य गर्दै आएका थिए । आदेश राना प्रहरीको उच्च निगरानीमा थिए ।
एसपी पवनकुमार भट्टराईले जिल्ला प्रहरी कार्यालय पाल्पाको कमाण्ड सम्हालेको केही दिनभित्रै गुण्डा नाइके आदेश राना आपराधिक कार्य गरेका बेला पक्राउ परेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया