एमाले र राप्रपा नेपालका जिल्लास्तरीय नेताहरू प्यूठान कांग्रेसमा प्रवेश
मसुरिया । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का जिल्लास्तरीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार देउखुरीमा नेपाली कांग्रेस प्यूठान २ का सभापति समेत रहेका लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले एमाले र राप्रपा नेपालका दुई नेताहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । उनीहरूले कांग्रेसमा रहेर संगठन निर्माण र प्यूठानको विकासमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
कांग्रेस प्रवेश गर्नेमा एमाले प्यूठानका वडा कमिटीका उपाध्यक्ष तथा भुतपूर्व प्रहरी तथा सैनिक संगठनका केन्द्रीय सदस्य जगतबहादुर धामी र राप्रपा नेपालका जिल्ला समिति सदस्य एवम् यातायात व्यवसायी गोपाल रावत रहेका छन् ।
Published : Tuesday, 2025 May 27, 11:46 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया