थापालाई कांग्रेस निकटको जनसम्पर्क समिति क्यानडाको कार्यवाहक सभापतिको जिम्मेवारी
टोरन्टो । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली कांग्रेस जनसम्पर्क समिति क्यानडाको कार्यवाहक सभापतिको जिम्मेवारी निरन्जन थापालाई प्रदान गरिएको छ ।
बिगत लामो समयदेखि क्यानडामा बसोबास गरि नेपाली कांग्रेसमा आवद्ध रहेका थापा नेपालमा दाङको जिल्लावसी हुन् ।
थापा १४औ महाधिवेशनमा क्यानडाबाट महाधिवेशन प्रतिनीधि भएर कांग्रेसको महाधिवेशनमा भाग लिएका थिए ।
नेपाली जनसम्पर्क समिति क्यानडाको उपसभापति एवं संगठन बिभाग प्रमुख रहेका थापालाई सभापति बुद्धिप्रकाश ओलीले आफू व्यक्तिगत कारणले क्यानडा बाहिर जानुपर्ने भएकाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताएका छन् ।
नेपाली समुदायले गर्ने सभा, सम्मेलन, गोष्ठी, अधिवेशनहरूमा थापालाई अतिथि संस्थाको प्रतिनिधित्व गर्दै कार्यवाहक सभापतिको रुपमा उपस्थित हुन ओलीले अनुरोध गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया