सहकारी ठगी र संगठित अपराधमा रवि पुर्पक्षमा हिँडेपछि शाहले पनि विभागको प्रमुख छाडे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षमा जेल चलान भएपछि अनिलकेशरी शाहले पनि विभागको जिम्मेवारी परित्याग गरेका छन् ।
शाहले रास्वपाको प्रशिक्षक विभाग प्रमुखबाट राजीनामा दिएका हुन् । रास्वपाको आइतबार बसेको बैठकले शाहको राजीनामा स्वीकृत गरेको छ ।
शाहले वैशाख २८ गते विभागको प्रमुखबाट राजीनामा दिएका थिए । शाहले आफूले राजीनामा दिनुको कारण प्रष्ट्याएका थिए ।
प्रशिक्षक विभागको प्रमुख पद आफूलाई सुट नगरेको भन्दै शाहले राजीनामा दिएको उल्लेख गरेका छन् ।
Published : Monday, 2025 May 26, 10:53 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया