आईजीपी थापाद्वारा बागमती प्रदेश प्रहरीको निरीक्षण, डीआईजी पौडेलद्वारा स्वागत
हेटौँडा । नेपाल प्रहरीका आईजीपी दीपक थापाले बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै शान्ति सुरक्षा बनाइ राख्न निर्देशन दिएका छन् ।
बिहीबार हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमा आईजीपी थापाले निरीक्षण गरेका थिए । त्यस क्रममा बागमती प्रहरीका प्रमुख (डीआईजी) अरुण पौडेलले आईजीपी थापालाई स्वागत गरेका थिए ।
आईजीपी थापाले मातहत प्रहरी कार्यालयका प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधन गरेका छन् । उनले प्रहरी संगठनको नीति, नियम, मर्यादामा रहेर जनताको सेवालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शान्ति सुरक्षा, विपतका बेला खटिने सुरक्षाकर्मीलाई सहयोग लगायतमा आफूले ध्यान दिने थापाले बताएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया