रिसोर्टको शौचालयमा लडेर घाइते भएका दाहालले भने– भ्रमहरू छर्ने काम भयाे
काठमाडौं । केही दिन अगाडि रिसोर्टको शौचालयमा लडेर घाइते भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुविरुद्ध घेराबन्दी गर्ने र भ्रमहरू छर्ने काममा लागेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले नेताहरूलाई देवत्वकरण गर्न नहुने बताए । दाहालले भ्रम छर्ने काम भएको भने पनि कुन विषयमा भ्रम छर्ने कार्य भएको हो केही कुरा पनि स्पष्ट भनेका छैनन् ।
यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको अध्यक्ष दाहालले बताएका छन् ।
दाहालले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको बताए ।
केही दिन अगाडि ललितपुरको लाकुरी भञ्ज्याङमा रहेको रिसोर्टमा जनवादी विवाहको पार्टी खाने क्रममा शौचालयमा लडेर घाइते भएपछि टाउको फुटेको थियो । टाउकोमा टाँका लगाएर उपचार गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया