भालुबाङमा ब्राउन सुगरसहित २० वर्षीया सरिता पक्राउ

मसुरिया । जिल्ला प्रहरी कार्यालय दाङले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीया सरिता सार्कीलाई पक्राउ गरेको छ ।

वैशाख २३ गते दाङको राप्ती गाउँपालिका वडा नं.१ भालुबाङ पुल्चोकस्थित प्यूठान–भालुबाङ सडकखण्डमा सरितालाई लागुऔषधसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

घोराहीबाट प्यूठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको ईलेक्ट्रिक गाडीमा लागुऔषध ओसार पसार भइरहेको छभन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापामारेको थियो ।

गाडीमा सवार राप्ती गाउँपालिका वडा नं. २ स्थित बह्राखुट्टी बस्ने वर्ष २० की सरिता सार्कीलाई इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

सरिताले भित्री कपडामा लुकाईछिपाई राखेको अवस्थामा २ ग्राम ५८० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको छ ।

Published : Thursday, 2025 May 8, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया