एक करोड ५० लाख जरिवाना भएका अग्रवाल पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले १ करोड ५० लाख रकम बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भइ फरार रहेका काठमाडौं महानगरपालिका वडा नं. ३० बस्ने वर्ष ४७ का अमित अग्रवाललाई मंगलबार स्वयम्भुबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
अग्रवाललाई २०८० जेठ २२ गते बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र १ करोड ५० लाख जरिवाना भएको थियो ।
चेक अनादर मुद्दामा अग्रवाललाई २०८० असार २१ गते ३ हजार जरिवाना भएको थियो । २०८० फागुन २४ गते चेक अनादर मुद्दामा क्रमशः दुई/दुई हजार गरी जम्मा ४ हजार जरिवाना समेत भइसकेको थियो ।
Published : Tuesday, 2025 May 6, 9:10 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया