सार्वजनिक स्थानमा नाङ्गै अङ्कमाल गर्ने जोडी पक्राउ
बैंकक । थाइल्याण्डको कोह फाङ्गानबाट सार्वजनिक स्थलमा नग्न अवस्थामा अंकमाल गरिरहेका पोल्याण्डका एकजोडी पक्राउ परेका छन् ।
सोमबार साँझ कोह फाङ्गानमा बान ताई रोडमा नाङ्गै अँगालोमा बाँधिएका जोडीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा २७ वर्षीय पुरुष र २४ वर्षीया महिला रहेका छन् ।
कोह फाङ्गानका प्रहरी प्रमुख पोल कर्नल एपिचर्ट चान्समरेटका अनुसार प्रहरीले घटनास्थल पुगेर प्रमाणको रुपमा तस्बिर खिचेपछि उनीहरूलाई लुगा लगाउन भनेको थियो ।
प्रहरी लागुपदार्थ परीक्षणमा कुनै लक्षण फेला नपरेपछि महिलाले अपराध स्वीकार गर्दै पाँच हजार भाट जरिवाना तिरेर छुटकारा पाएकी छन् ।
प्रेमीले भने सरकारी अधिकारीहरूमाथि नै आक्रोश व्यक्त गरेपछि मनोचिकित्सा परीक्षणका लागि अस्पताल पठाइएको छ । प्रहरीले उनीहरूको भिसा रद्द गर्न अध्यागमन अधिकारीहरूलाई आग्रहसमेत गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया