डीआईजी कार्कीद्वारा धुलोमा खटिएर सवारी आवागमन सुचारु गराउने प्रहरीलाई नगदसहित पुरस्कृत

मसुरिया । लुम्बिनी प्रदेश प्रहरीले प्रहरी जवान प्रकाश नेपालीलाई नगदसहित सम्मान गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका डीआईजी दानबहादुर कार्कीले प्रहरी जवान नेपालीलाई नगद ७ सय रुपियाँसहित पुरस्कृत गरेका हुन् । बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन सहज बनाउन खटिएका प्रहरी जवान (ट्राफिक) नेपालीलाई कार्यसम्पादनको मूल्यांकन गर्दै पुरस्कृत गरिएको सूचनामा उल्लेख छ ।

नेपाली जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीमा सवारी दुर्घटना सम्बन्धमा सवारी दुर्घटना न्यूनीकरण तथा खटाइएको ड्युटी उत्कष्ट तवरले कार्य सम्पादन गर्दै आएको भन्दै डीआईजी कार्कीले नगदसहित पुरस्कृत गरेका छन् ।

प्रहरी जवान नेपालीलाई नगदसहित पुरस्कृत गरिएको निर्णय प्रहरीको अभिलेखमा जनाइएको छ ।

Published : Sunday, 2025 April 27, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया