प्रहरीले दियो समानुपातिक सांसद पक्राउ परेको सूचना

काठमाडौं । प्रहरीले संसद सचिवालयलाई नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई पक्राउ परेको सूचना दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार नै संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।

सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राईमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सह–सचिव पदमा कार्यरत थिइन् । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपियाँ हिनामिना गरेको आरोप छ ।

Published : Sunday, 2025 April 27, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया