शेरबहादुर देउवा कप राष्ट्रिय प्रतियोगितामा तेक्वान्दो प्रशिक्षक भण्डारी सम्मानित

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष एवम् गोठाटार तेक्वान्दो डोजाङ प्रमुख प्रशिक्षक प्रेमबहादुर भण्डारी सम्मानित भएका छन् ।

सातदोबाटोस्थित कराँते एकेडेमीमा संचालित ‘प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२’ मा नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सम्मान गरेका हुन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका खड्काले भण्डारीलाई सम्मान गरेका हुन् । भण्डारी तेक्वान्दोका छैठौं डान हुन् ।

भण्डारीले २ सयभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन् । भण्डारी आफै पनि पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् ।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री खेलकुदमन्त्री समेत रहेका खेलकुद क्षेत्रका हस्ती मीनकृष्ण महर्जनलाई भण्डारीले आफ्नो अभिभावक मान्ने गर्छन् ।

भण्डारी तेक्वान्दो खेलका खम्बा नै मानिन्छ । उनले खेलकुदको क्षेत्रमा दिएको योगदानको कदर स्वरुप सम्मान गरिएको छ ।

Published : Sunday, 2025 April 27, 8:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया