आईजीपी थापालाई पूर्व आईजीपीहरूद्वारा बधाई र शुभकामना प्रदान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई पूर्वआईजीपीहरूले बधाई तथा कार्यकालको शुभकामना दिएका छन् ।
शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित प्रहरी क्लवमा आयोजित कार्यक्रममा नवनियुक्त आईजीपी थापालाई बधाई तथा शुभकामना प्रदान गरिएको हो । नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा अग्रज अवकास प्राप्त प्रहरी महानिरीक्षक बोहराद्वारा प्रहरी महानिरीक्षक थापालाई संगठनको श्रीवृद्धिको लागि उदाहरणीय भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।

बोहराले प्रहरी संगठनको उन्नति र गौरवको लागि नेपाल पूर्व संगठन प्रमुख मञ्च सदैव रचनात्मक सहयोग गर्न तत्पर रहेको बताएका छन् ।
आईजीपी थापाले प्रहरी संगठनको वृहत्तर हित र प्रहरी कर्मचारीहरूको मनोवल उच्च राख्न नीतिगत तथा सेवासुविधाको सन्दर्भमा दृढ संकल्पित रहेको बताएका छन् ।
नेपाल पूर्व संगठन प्रमुख मञ्चबाट नेपाल प्रहरीलाई सदैव उल्लेखनीय सहयोग हुने विश्वास समेत आईजीपी थापाले बताएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया