नेपालगञ्ज जाँदै गरेको जीप दुर्घटना, पाँच जना घाइते

घोराही । रुकुम पश्चिमबाट यात्रु लिएर हिँडेकाे जीप दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार बिहान रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगञ्ज जाँदै गरेको नेपालगञ्ज जाँदै गरेको लु २ ख ६२७१ नम्बरको जीप दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते ५ जनामध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ । दुई जना सिकिस्त रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरूलाई प्रारम्भीक उपचारका लागि सल्यानको बागचौर लगिएको छ । जीपका चालक फरार रहेका छन् ।

Published : Friday, 2025 April 25, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया