सशस्त्र प्रहरीका एक दर्जन डीआईजीहरूको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका एक दर्जन डीआईजीहरूको सरुवा भएको छ ।

बिहीबार गृह मन्त्रालयले ६ प्रदेशका प्रमुखसहित विभिन्न जिम्मेवारीमा रहेका डीआईजीहरूको सरुवा गरेको सूचनामा उल्लेख छ । सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका डीआईजी कुमार न्यौपानेलाई कोशी प्रदेशअन्तर्गतको बराह बाहिनीमा सरुवा गरिएको छ । बराह बाहिनीको जिम्मेवारी सम्हालेका डीआईजी शम्भु सुवेदीलाई स्टाफ कलेजमा सरुवा गरिएको छ ।

मधेश प्रदेशको छिन्नमस्ता बाहिनीमा डीआईजी कृष्ण ढकालको सरुवा भएको छ । बागमती प्रदेशको गढिमाई बाहिनीमा डीआईजी अञ्जनी पोखरेलको सरुवा भएको छ ।

गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीमा डीआईजी दीपेन्द्र साहको सरुवा भएको छ । लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा डीआईजी दीपेन्द्र कुँवरलाई सरुवा गरिएको छ ।

गढिमाई बाहिनीबाट डीआईजी गणेश ठाडा मगरलाई कार्यविभागमा सरुवा गरिएको छ । मुक्तिनाथ बाहिनीबाट डीआईजी कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा सरुवा गरिएको छ ।

विन्दाबासिनी बाहिनीबाट डीआईजी प्रदीप पाललाई वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ ।

वैद्यनाथ बाहिनीमा कार्यरत डीआईजी दीपक अधिकारीलाई मानवस्रोत विभागमा सरुवा गरिएको छ ।

कर्णाली प्रदेशका प्रमुख डीआईजी विष्णु भट्ट हाल कंगो मिसनमा छन् । भट्टको सरुवा गरिएको छैन ।

सुदूरपश्चिम प्रदेशको वैद्यनाथ बाहिनीमा डीआईजी प्रदीप पालको सरुवा भएको छ । छिन्नमस्ता बाहिनीबाट डीआईजी कालीदास धौवजीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी पनि डीआईजी धौवजीले सम्हाल्ने भएका छन् ।

Published : Thursday, 2025 April 24, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया