मौलापुरमा भारतीय नागरिक ठूलो अबैध रकमसहित पक्राउ

गौर । जिल्ला प्रहरी कार्यालय रौतहटले श्रोत नखुलेको रकमसहित वर्ष २३ का राजकिशोर ठाकुरलाई पक्राउ गरेको छ ।

आइताबर इलाका प्रहरी कार्यालय, मौलापुरबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले मौलापुर नगरपालिका वडा नं. ६ पथराबुधरामस्थित सडकखण्डबाट ठाकुरलाई १० लाख र मोटरसाइकलसहित पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

भारतको बिहार जिल्ला मोतीहारी थाना कुंडवा चैनपुर ग्राम पंचायत खरहा चैनपुर वडा नं. ८ ग्राम मुसहरिया बस्ने ठाकुर भारतबाट नेपालतर्फ पैसा बोकेर आउँदै थिए ।

मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलको सिटमुनि झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा १० लाख रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ ।

Published : Monday, 2025 April 21, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया