प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले विभिन्न पदमा पदोन्नति भएका उच्च अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
शुक्रबार जंगी अड्डा भद्रकाली, काठमाडौंमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले पदोन्नति भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी किरण के.सी.लाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
पदोन्नतिसँगै उपरथी के.सी. निरीक्षणाधिकृतमा नियुक्त भएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधान सेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मोहनचन्द्र गुरुङ्ग र महासेनानी सरोजकुमार अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
Published : Friday, 2025 April 11, 8:34 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया