काठमाडौं भित्र्याउन लागेको ठूलो परिमाणको लागूऔषध ट्रामाडोल सहित ४ भारतीय पक्राउ
काठमाडौं । प्रहरीले ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा छपेलीस्थित कान्ती लोकपथ सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।
शुक्रबार ९४ हजार ८० ट्याब्लेटसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित पूर्वी चम्पारण, मोतीहारी, रक्सौल नगर–५ पछियाटोल घर भएका २२ वर्षीय मोहम्मद उमर सिद्दिकी, मोतीहारी टुमरिया ग्राम पञ्चायत–५ घर बताउने २० वर्षीय समिर आलम, मोतीहारी राजाबजार नगर–३३ घर बताउने ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी र मोतीहारी पलानवा ग्राम पञ्चायत–९ घर बताउने ४५ वर्षीय नोर्जान खातुन रहेका छन् ।
प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा ठूलो परिमाणको लागूऔषध फेला पारेको थियो ।
एम्बुलेन्समा सवार समिर आलम, मोहम्मद मुन्ना अन्सारी र नोर्जान खातुनलाई प्रहरीले पक्राउ गरेको थियो । तत्काल फरार चालक मोहम्मद उमर सिद्दिकीलाई बागमती गाउँपालिका–३ सार्वजनिक सडकबाट शनिबार बिहान पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया