नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र थाइल्याण्ड सरकारबीच पर्यटन क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
थाइल्याण्डको राजधानी बैंककमा बुधबार परराष्ट्रमन्त्री डा.आरजु राणा र थाइल्याण्ड सरकारका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
गैरसरकारी उद्योगहरू र अन्य विभिन्न सम्झौताहरू भएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
डा.राणाले भनेकी छिन्, ‘नेपाल सरकार र थाइल्यान्ड राजकीय सरकारबीच सांस्कृतिक सम्झौतामा मैले नेपाल सरकारको तर्फबाट हस्ताक्षर गरेको छु साथै नेपाल सरकार र थाइल्यान्ड राजकीय सरकारबीच पर्यटन सहकार्यसम्बन्धी समझदारी पत्र (एमओयु)मा पनि हस्ताक्षर गरेको छु ।’
उनले भनेकी छिन्, ‘हाम्रा देशका गैर–सरकारी उद्योगहरूबीच पनि विभिन्न अन्य सम्झौताहरू भएका छन् । यी सबै पहलहरूले नेपाल–थाइल्याण्ड सम्बन्धलाई विभिन्न क्षेत्रहरूमा सुदृढ गर्न सहयोग गर्नेछन् ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया