न्युयोर्कमा गिरिजाबाबुलाई फाउण्डेशनद्वारा स्मरण
न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेशन (जीपीके फाउन्डेशन) अमेरिका च्याप्टरले स्व.गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै १५औँ स्मृति दिवस मनाएको छ ।
उडसाईड्स, न्युयोर्कमा फाउन्डेशनका पदाधिकारी एवं विभिन्न संघसंस्थाका प्रतिनिधिसहित भेला भएर स्व.गिरिजाप्रसाद कोइरालाको तस्बिरमा माल्यार्पण एवं दीप प्रज्वलन गरिएको छ ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष्य सोमनाथ घिमिरेले आफू बाल्यकालदेखि गिरिजाबाबुसँग अत्यन्त नजिक रहेर काम गरेको स्मरण गरेका छन् । कोइराला निवास विराटनगर एवं बहुदलपछिका दिनहरूमा काठमाडौंमा लामो समय गिरिजाबाबुसँग संगत गरेको उनले बताए ।
गिरिजाबाबुबाट आफूले राष्ट्रप्रेम, प्रजातन्त्र, शान्ति र विकासको मार्गबाट समुन्नत नेपालको सपना एवं मार्गदर्शन पाएको बताएका छन् ।
सिन्धु अमेरिका वेलफेयरका अध्यक्ष पासाङ नोर्बु शेर्पाले गिरिजाबाबु ऐतिहाँसिक युगपुरुषको रूपमा नेपाली जनजनको मनमा रहेको बताए ।
धादिङ समाज अमेरिकाका अध्यक्ष टक रूवालीले गिरिजाप्रसाद कोइरालाले नेपलमा जीवनभर संघर्ष गरी सिंगो युग र व्यवस्था परिवर्तन गरेको बताए ।
फाउण्डेशनका उपाध्यक्ष्य सुवर्ण लामाले प्रजातन्त्र, शान्ति र विकासका लागि गिरिजाबाबुले सहमति, सहकार्य र एकताको मूलमन्त्रलाई अगाडि बढाएर सफल भएको बताए ।
कार्यक्रममा फाउण्डेशनका कोषाध्यक्ष्य रेखा श्रेष्ठ, कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री, समाजसेवीहरू राजेन्द्र श्रेष्ठ, भरत मोक्तान, योगेन्द्र अधिकारी, हरिबहादुर घर्ती पुन, सन्तोष बस्नेत, दिलीपकुमार श्रेष्ठ, निशा कर्माचार्य, मिङ्मा भोटे, टोपेन्द्र रावत, रविन बिडारी, युदिन गिरी, रचित राजवंशी, आङ्ग शेर्पा, सरिता केसी, पूर्णिमा मगर एवं न्युयोर्क सिटी कम्प्ट्रोलर ब्राड लेन्डरका सचिवालयका प्रमुख जेम्स् मोंगेलुजो लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया