युवतीलाई जबरजस्ती करण गर्ने ७ जना किशोरहरू हेटौँडाबाट पक्राउ
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी मुद्दामा ७ जना किशोरहरूलाई पक्राउ गरेको जनाएको छ ।
२०८१ माघ ६ गते बिहान ०८ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित वनस्खण्डी मन्दिरभन्दा माथीको जंगलमा युवतीलाई जबरजस्ती करणी भएको थियो । अनुसन्धानका क्रममा प्रहरीले ७ जना किशोरहरूलाई पक्राउ गरेको हो ।
जबरजस्ती करणको जाहेरी फागुन २१ गते पीडित युवतीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा फागुन २२ गते हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा बस्ने ५ जना आरोपित किशोरहरूलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
पक्राउ परेका आरोपित किशोरहरूलाई मकवानपुर जिल्ला अदालत हेटौँडामा पेश गरेर जबरजस्ती करणी कसूर मुद्धामा ५ दिनको म्याद अनुमति लिई अनुसन्धान कार्य भइरेको एसपी खड्काले बताए ।
फागुन २३ गते थप २ जना आरोपित किशोरहरूलाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको छ । जबरजस्ती करणको घटनामा संलग्न पक्राउ परेका आरोपित किशोरहरू १८ वर्षभन्दा मुनिका रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया