सभापति नेम्वाङको निधन, देउवाद्वारा गहिरो शोक व्यक्त
फाल्गुनन्द । पाँचथर जिल्लामा नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापति सुखवीर नेम्वाङको निधन भएको छ ।
फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्षसमेत रहेका नेम्वाङको बुधवार ५६ वर्षको उमेरमा निधन भएको कांग्रेसले जनाएको छ ।
नेम्वाङ क्यान्सर रोगबाट पीडित रहेका थिए । उनी स्थानीय तहको निर्वाचन २०७४ मा पनि सोही वडाको वडाध्यक्षमा बनेका थिए ।
नेम्वाङको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनले नेम्वाङको निधनबाट कांग्रेसलाई क्षति भएको जनाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले नेम्वाङका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
Published : Wednesday, 2025 February 19, 8:38 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया