नेपालमा ओमानको राजदूतावास खोल्न परराष्ट्रमन्त्री डा.राणाको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अलबुसाइदीबीच भेटवार्ता भएको छ ।
सोमबार ओमानको मस्कटमा डा.राणा र अलबुसाइदीबीच द्विपक्षीय भेटवार्ता भएको हो । आठौँ हिन्द महासागर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा ओमानका विदेशमन्त्री अलबुसाइदीलाई डा.राणाले बधाई दिएकी छिन् ।
नेपाल–ओमान सम्बन्धका विविध पक्षका साथै दुई देशबीचका विभिन्न क्षेत्रहरूमा सहकार्यको प्रवर्द्धनका उपायहरूका बारेमा पनि छलफल भएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले नेपालमा दूतावास स्थापना गर्न तथा ओमान–काठमाडौं सीधा हवाई उडान सुरु गर्न ओमान सरकारसँग आग्रह गरेकी छिन् ।
नेपाल र ओमानबीच कूटनीतिक अध्ययन र तालिमका क्षेत्रहरूमा सहकार्य गर्ने सम्बन्धी समझ्दारीपत्रमा पनि हस्ताक्षर भएको छ ।
सम्झौताले कूटनीतिक तालिम र कूटनीतिक क्षेत्रका सूचना आदानप्रदानमा सहकार्य गर्ने अवसर प्रदान गर्नेछ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया