कृष्णा पौडेलको अध्यक्षतामा ‘फिजा’को नेपाल च्याप्टर गठन
काठमाडौं । पत्रकार कृष्णा पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (फिजा)को नेपाल च्याप्टरको गठन भएको छ ।
सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्ष तथा बोर्ड अफ डाइरेक्टरहरूको विशेष उपस्थितिमा सम्पन्न भेलाले नेपाल च्याप्टरको गठन गरेको वरिष्ठ पत्रकार समेत रहेका महासंघका सल्लाहकार टंक पन्तले बताए । पत्रकारहरूको पहलमा ‘फिजा’ अमेरिकामा दर्ता भएको संस्था हो । फिजाले आफ्नो शाखाहरू नेपालसहित विभिन्न देशहरूमा विस्तार गर्न लागेको छ ।
केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीतिभन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारहरूको नेटवर्कको रुपमा काम गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन गरिएको बताएका छन् ।
अमेरिकामा गठन भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघको पहिलो च्याप्टरको रुपमा नेपाल च्याप्टर गठन गरिएको अध्यक्ष खनालले बताए ।
पत्रकार कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको गठन भएको छ । कार्यसमितिको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल रहेका छन् । सचिव सोविता रिसाल र कोषाध्यक्ष पवन पौडेल रहेका छन् ।
बोर्ड अफ डाइरेक्टरमा विमल योगी (रिपब्लिका दैनिक डटकम), विनोद घिमिरे (अनलाइन खबर डटकम), शोभा अर्याल, आलोक तिवारी, राज ढुङ्गाना, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र युवगाह मगर रहेका छन् ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल च्याप्टरको सल्लाहकारमा टंक पन्त, जीवनराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज रहेका छन् । कानूनी सल्लाहकारमा गणेश घिमिरे रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया