हलेसी बजारमा आगलागी, नियन्त्रण गर्न स्वयमसेवकका रुपमा खटिन तरुणलाई निर्देशन
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले खोटाङको हेलेसी बजारमा रहेको पसलमा लागेको आगलागीको खबरले स्तब्ध भएको जनाएका छन् ।
आइतबार प्रेस नोट जारी गरेर अध्यक्ष गुरुङले आगलागी नियन्त्रण गर्न स्थानीय तरुण, नेपाली कांग्रेसका कार्यकर्ताहरूसँग आग्रह गरेका छन् । उनले स्थानीय र सुरक्षाकर्मीलाई आगो नियन्त्रण गर्न सहयोग गर्न तरुणहरूलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘हलेसी बजारमा स्थानीय पदम राईको ग्याँस पसलबाट सुरु भएको आगोले भीषण रुप लिदै गएको खवरले स्तब्ध बनाएको छ । तरुण दल खोटाङको जिल्ला कार्यसमिति अन्तर्गतको सम्पूर्ण तहलाई आगो निभाउन स्वयंसेवक सेवकको भूमिका निर्वाह गर्न निर्देशन गर्दछु ।’
‘जिल्लास्थित सुरक्षा निकाय एवं सम्बन्धित सम्पूर्ण निकायहरू आगो निभाउन र क्षति हुन नदिन अहम् भूमिका निर्वाह गर्न अनुरोध गर्दछु’, अध्यक्ष गुरुङले भनेका छन् ।
आइतबार साँझ खोटाङको हलेसी बजारमा आगलागी भएको छ । हार्डवेयर पसलबाट निस्किएको आगो छेउमा रहेका दुईवटा टहरा र एउटा पक्की घरमा पनि पुगेको छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीयले प्रयास गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया